प्रधानन्यायाधीशमा मिश्रको नाम अनुमोदन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २५, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २५,काठमाडौँ । संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।

समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उनी विरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिमा मिश्र विरुद्ध चार उजुरी परेकामा एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका सम्बन्धमा छलफल भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस