कोरोना आज १८ जनाको मृत्यु, मृतकको संख्या ६६३ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २७, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २७, काठमाण्डौ । कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज १५०३ जना कोरोना संक्रमण निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ७८७८० पुगेको छ । आजको पीसीआर १५५७७ छ भने क्वारेन्टिनमा ४७९५ जना रहेका छन ्। हाल आईसीयूमा ३०७ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ । मुलुकमा हाल सक्रिय संक्रमितको सख्या ३५९१५ जना रहेका छन्। तीमध्ये १५०४८ जना संस्थागत आइसोलेसनमा र २०८६७ जना होम आइसोलेसनमा रहेका छन ्।

ताजा अपडेट

खोजी गर्नुहोस