निर्मला बलात्कार प्रकरण : समितीका सदस्य केसीले दिए राजिनामा !

Post Thumbnail

भाद्र २५,कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् ।

प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् । उनले समितिको म्याद थप गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

प्रतिवेदनको मस्यौदा तयार भइसकेको भन्दै उनले भनेका छन्, डीएनए टेष्टको रिपोर्ट र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुनसक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे आफ्नो धारणा समितिमा राख्दै आए । मेरो धारणा र तथ्य ओझलमा पर्ने सम्भावना देखेर जिम्मेवारीबाट हटेँ ।’

ताजा अपडेट

खोजी गर्नुहोस