धर्मराएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुरको पद अन्नत : जोगिएरै छाड्यो !

असोज २७, काठमाण्डौ । आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुको अविश्वासको प्रस्तावले धर्मराउन पुगेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद अन्नतः भागबण्डामा जोगिएको छ । आफ्नै दलका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री शाहीको मुख्यमन्त्री पद जोखिममा परेको थियो । पार्टी केन्द्रको दबाव र प्रदेश नेताहरुबीच भागवण्डा मिलेपछि शाहीको मुख्यमन्त्री पद अन्ततः जोगिएको हो ।

नेकपाभित्रको तीन खेमा ओली–प्रचण्ड–माधव मध्ये प्रचण्ड र नेपाल समूहबीचको सहमति मुख्यमन्त्री पद जोगिनुको महत्वपूर्ण कारण बनेको छ । मंगलबार बिहान मात्रै प्रधानमन्त्री ओलीका विश्वास पात्र एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले अविश्वासको प्रस्ताव अगाडि नबढाउन र मन्त्रीहरुलाई राजीनामा नदिन निर्देशन टेलिफोनबाट दिएका थिए । तर, शाहीको मुख्यमन्त्री पद जोगिनुमा प्रदेशस्तरीय नेताहरुको भागवण्डा नै महत्वपूर्ण बन्यो ।

आइतबार नेकपा संसदीय दलमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि राजधानी काठमाडौंमा रहेका नेताहरु समेत सुर्खेत पुगेका थिए । सोमबार दिउँसोदेखि मुख्यमन्त्री शाही र नेपाल समूहका नेताहरुबीच छलफल शुरु भएको थियो । राति अबेरसम्म छलफल चले पनि सोमबार सहमति जुट्न सकेन । यसपछि मंगलबार बिहानै प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भयो र जसरी पनि मिल्न दबाव दिइयो । मंगलबार बिहानबाट फेरि शुरु भएको छलफलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका सात सांसद र पूर्वमाओवादीतर्फका तीन सांसद पछाडि हट्ने अनि प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको सहमति जुट्यो ।

 

संम्बन्धित समचार

Leave a Reply