धादिङमा आज ७ जना थपिए, संक्रमित संख्या ६ सय ३४ पुग्यो !

असोज २७, धादिङ । धादिङमा आज ७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमिहरु नीलकण्ठ नगरपालिका वडा नं ४ की ३९ वर्षिय पुरुष, वडा नं १० का ३३ वर्षिय पुरुष, धुनीबेशी नगरपालिका वडा नं ७ का ५२ वर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ४८ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिए ।

त्यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नं २ की वर्षिया महिला,गल्छी गाउँपालिका वडा नं का ६२ वर्षिय पुरुष र थाक्रे गाउँपालिका वडा नं ३ की ४० वर्षिया महिला रहेको हेल्थ असिस्टेन्ट रिजालले बताए । धादिङमा जम्मा संक्रमितको सङ्ख्या ६ सय ३४ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply