आजको मौसम : सामान्यतया देशभर सफा रहने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ आश्विन २८, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र भारतको तेलंगानामा रहेको छ र कमजोर हुंदै पश्चिम उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको छ । अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस