धरहरा निर्माणको आशा जाग्यो : आसपासको एक होटलसहित १३ वटा सटर भत्काइए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १३, आईतबार (६ साल अघि)
  • ४५ पटक पढिएको
Post Thumbnail

जेठ १३ ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ ।

काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ वटा सटर भत्काइएको हो ।

धरहरा सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको नगरकार्यपालिका बैठकको निष्कर्षसहित यस क्षेत्रमा रहेका रेष्टुरेन्ट, पसल, टहरा, जस्ता भौतिक संरचना भत्काइएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । उनले भने, “व्यवसायीलाई दुःख दिनु कामपाको उद्देश्य होइन, धरहरा पुनः निर्माणको लागि खाली गर्नु परेको हो ।”

टहरा, पसल, रेष्टुरेन्टमा प्रयोग भएका सामग्री हटाउन महानगरले शुक्रबार २४ घण्टे सूचना जारी गरेको थियो । सूचनाबमोजिम शनिबार बिहानैदेखि व्यापारीहरुले आ–आफ्ना सामान हटाउन थालेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस