आजको मौसम कस्तो छ ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ आश्विन २९, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २९, काठमाडौं । हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेर तेलांगना माथी रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम उत्तरपश्चिम दिशामा अरब सागरतिर सर्ने क्रममा रहेको छ । बिहीबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य भू भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस