आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २९, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २९, काठमाण्डौ । आज बिहीबार सुनको भाउ स्थिर रहेको छ । बुधबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस