आजको मौसम कस्तो रहला ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ आश्विन ३०, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाडौं । अहिले प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । आज दिउँसो प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।

देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राती प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ , बाग्मती प्र देश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस