समुदाय-प्रहरी साझेदारी कार्यक्रममा चन्द्रागिरि नगरपालिका उत्कृष्ट

Post Thumbnail

असोज ३०, काठमाडौ । समुदाय प्रहरी-साझेदारी कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउने नेपाल भरका स्थानीय तह मध्ये चन्द्रागिरि नगरपालिका उत्कृष्ट भएको छ ।

६५ औं प्रहरी दिवस २०७७ को अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा नगरप्रमुख गिरिले समुदायसंग मिलेर नै प्रहरी जनताको काममा सफल हुने बताए । उनले नगरपालिकालाई सम्मानित गरेकोमा धन्यवाद दिदै सो सम्मानले अझै प्रहरीसंग मिलेर उत्कृष्ट काम गर्न उत्प्रेरित गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस