२४ घण्टामा १२ जना संक्रमितको मृत्यु, मृतकको संख्या ७ सय २७ पुगे !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक १, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १, काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ७२७ पुगेको छ । अहिले देशभरका अस्पतालका आईसीयूमा २९० जना र भेन्टिलेटरमा ६६ छन् । काठमाडौं उपत्यकामा आज शनिबार १७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १४ सय ५१, भक्तपुरका १४३ र ललितपुरका १५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १५ हजार ४३८ जनाको पीसीआर परीक्षण भएकोमा ३१ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी १८ सय जना संक्रमणमुक्त भएका छन् । देशभर अहिले सक्रिय संक्रमित ३८ हजार ७३७ जना छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस