प्रहरीले वीरगञ्जमा समात्यो २२ किलो ४ सय ग्राम सुन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ कार्तिक १, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

दिपू बर्णवाल
कार्तिक १, वीरगञ्ज । वीरगञ्जको गणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठी चौक नजिक रहेको गणेश अपार्टमेन्टमा छापा मारेको थियो ।

त्यसक्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो । सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो । यसबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गरिने पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस