पुर्वमन्त्री तथा नेकपा नेता पाण्डेद्वारा धुनिबेसी नगरको प्रशासनिक भवन शिलान्यास

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ कार्तिक २, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कातिक १,धादिङ । धुनिवेशी नगरपालिकाको जुगेडीमा प्रशासनिक भवनको शिलान्यास गरिएको छ । साविकको नौविसे, जीवपुर र छत्रेदेउराली गाविसलाई समेटेर धुनिवेशी नगरपालिका बनाइएको हो । पालिका केन्द्र तोकिएको धुनिबेशी नगरपालिका वडा नम्बर ९ को जुगेडीमा प्रशासनिक भवन निमार्ण अगाडि बढेको छ ।शनिबार एक कार्यक्रमका विच पुर्व स्थानिय विकास मन्त्री तथा नेकपा नेता राजेन्द्र प्रसाद पाण्डे, नगरप्रमुख बालकृष्ण आचार्य र उपप्रमुख निरु खरेलले भवनको शिलान्यास गरेका हुन् ।

पृथ्वी राजमार्गबाट ५०० मिटर भित्र रहेको जुगेडीमा साढे चार तले भवन ४० हजार एक सय ३० स्क्वायर फिट क्षेत्रफल तथा ३९ वटा कोठा भएको भवन निमार्ण हुने इन्जिनियर नवराज श्रेष्ठले बताए । २ वर्षमा निमार्ण गरिने उक्त भवनको लागत ३० करोड रहेको छ । अहिले १५ करोडमा ठेक्का खोल्दा ९ करोड ५२ लाख ३५ हजार ५ सय ५९ रुपैयाँमा रबीन अबिशा बीकन जे भि ले ठेक्का पारेको हो ।

भवनमा सभा हल, बैठक कक्ष, प्रमुख, उपप्रमुखको कार्यकक्ष, सचिवालय, प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष सहित विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको कार्यकक्ष हुने छ । भवनको चारै तिर कम्पाउण्ड आसपासमा हरियाली सहितको ग्राउण्ड र पार्किङ हुने इन्जिनियर श्रेष्ठले बताएका छन।

नगरप्रमुख बाल कृष्ण आचार्यले विभिन्न समस्यका बाबजुत पनि नगरको प्रशासनिक भबन बनाउन जग्गा मिलाउने देखि आजको शिलान्यास अबस्था सम्म ल्याउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिनु भएको छ दिए । नगरप्रमुख आचार्यले अनलाईन केन्द्रसंग भने– विरोधहरु आउछन्, तर पछि उहाँहरु नै कन्भिन्स हुनुभएको छ, अब नगरको भवन रफ्तारमा अघि बढाउछौँ । भवन निर्माण समयमा नौ सम्पन्न गछौँ
शिलान्यास पछि बोल्दै पुर्वमन्त्री तथा प्रदेश संसद राजेन्द्र पाण्डेले भवन निर्माणको काम समयमा नै सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले सबै नागरिकले ठेक्कदार कम्पनीलाई सहयोग गर्नुपर्ने बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस