यो बर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई दसैंको टीका नलगाईदिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २, काठमाण्डौ । यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई दसैंको टीका नलगाउने भएका छन् । कोरोना संक्रमणको जोखिम उच्च रहेकाले यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नराखिएको हो । त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखेका छैनन् । उनले विज्ञप्ति नै जारी गरेर दसैंमा टीकाको कार्यक्रम नराखिएको जानकारी गराइसकेका छन् । गणतन्त्र कालमा पनि ज्ञानेन्द्र शाहले पूरानै रबाफमा नागरिकलाई दसैंको टीका लगाइदिने गरेका थिए ।

त्यस्तै दसैंमा राष्ट्रपति र प्रधानमन्त्रीले पनि उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षानिकायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुख, मन्त्री, नेता, सर्वसाधारण लगायतलाई दसैंको टीका लगाइदिने गरेका थिए । जसको कतिपय पक्षबाट आलोचनासमेत हुने गरेको थियो । यस वर्ष दसैंको टीका १० कात्तिकमा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विगतको जस्तो यस वर्ष दसैंको टीका लगाउने कार्यक्रम नराखिएको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस