सिभिल लघुवित्तको ८९ हजार ४५० कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ कार्तिक २, आईतबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कार्तिक २,काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाको ८९ हजार ४५० कित्ता लिलामी सेयरमा आवेदन दिने आज आइतबार (कात्तिक २ गते) अन्तिम दिन हो ।

संस्थाले असोज २५ गतेबाट ८९ हजार ४५० कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारणतर्फको ७७ हजार ८४२ कित्ता सेयर रहेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस