कैलालीमा गस्तीमा खटिएका दुई प्रहरी अधिकारीको हत्या !

कातिक २,काठमाडौँ । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् ।

जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन छन् ।

असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply