च्याम्पियन्स लिगमा रियालको उपाधि हृयाट्रिक : जिदान’ विश्वका उत्कृष्ट प्रशिक्षकको सूचिमा !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ १३, आईतबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

जेठ १३ ,काठमाडौँ । रियल मड्रिडले लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । युक्रेनको राजधानी किएभमा भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो ।

यो सँगै रियल मड्रिड च्याम्पियन्स लिगको इतिहासमा लगातार तेस्रो सिजन उपाधि जित्ने पहिलो क्लब बनेको छ ।

लिभरपुलका मुख्य हतियार मोहम्मद सलाह चोटका कारण खेलको आधा घण्टामा नै मैदानबाट बाहिरिनु लिभरपुलका लागि दूर्भाग्य बन्यो । पहिलो हाफमा सर्जियो रामोससँग जुधेपछि काँधमा चोट बोक्दै ३० औं मिनेटमा सलाहले मैदान छाडे ।

सलाहले  आँसु थाम्न सकेनन्

विश्वकप नजिकिँदै गर्दा इन्जिप्टका स्ट्राइकर सलाहले बाहिरिने क्रममा आँसु थाम्न सकेनन् । ४२ औं मिनेटमा बेन्जेमाले गोल गरेपनि रेफ्रीले अफसाइड दिए । रोनाल्डोको हेडरलाई लिभरपुलका गोलकिपर क्यारिसले रोकेपछि रिबाउन्डमा बेन्जेमाको प्रहार अफसाइड भयो । खेलको ३६ औं मिनेटमा रियलका फुल ब्याक ड्यानी कार्बाहाल पनि चोट बोक्दै बाहिरीए ।

मुख्य खेलमा राम्रो गर्न नसकेका कारण उनले पनि आँसु थाम्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा चार गोल भए । जसमा लिभरपुलका गोलकिपरले दुई पटक ठूलो गल्ती गर्दा रियल च्याम्पियन बन्यो ।

क्यारियसले हातले पास दिने क्रममा बेन्जेमाले उनको पासलाई ब्लक गर्दै ५० औँ मिनेटमा उत्कृष्ट गोल गरे । जसका कारण रियलले एक गोलको अग्रता बनायो । ५५ औँ मिनेटमा लिभरपुलले गरेको गोलमा खेल एक–एक को बराबरीमा पुग्यो । लोभ्रेनको हेडपासमा मानेले गोल गरे ।

दोस्रो हाफमा इस्कोको स्थानमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए। लिभरपुलका लागि मानेले ७० औं मिनेटमा गोल गर्ने प्रयास गरे पनि उनको प्रहार फार पोस्टमा लाग्दै बाहिरियो । लिभरपुलले फेरि क्यारियासको गल्तीमा ८३ औं मिनेटमा अर्को गोलको सामना गर्यो ।

‘जिदान’ विश्वका उत्कृष्ट प्रशिक्षकको सूचिमा !

बेलले करिब ३५ मिनेटमा गरेको प्रहारलाई क्यारियसले हातबाट फुत्काएपछि रियलको जित निश्चित भयो । रियलले उपाधि जित्दा उसका प्रशिक्षक जिनेदिन जिदानलाई विश्वका उत्कृष्ट प्रशिक्षकको सूचिमा राखेको छ ।

उनले लिभरपुलका बोब पेइस्ले र रियालका पूर्व म्यानेजर कार्लो एन्सेलोटिसँग बराबरी पनि गरेका छन् । तर च्याम्पियन्स लिगको उपाधि लगातार तीन पटक जित्दा उनको सफलता एक स्थान माथि पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस