कार्तिक २, कैलाली । कैलालीमा गस्तीमा गएका प्रहरीको शव नदीमा फेला परेको छ । शनिबार राति मोटरसाइकलमा गस्ती गएका एक असई र एक जवानमध्ये एक जना मृत भेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सूदुरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार शनिबार राति असई गोविन्द बिक र जवान रामबहादुर साउद मोटरसाइकल गस्तीमा गएका थिए ।
तीमध्ये एक जनाको शव मोहना नदीको बीचमा देखिएको हो। उक्त शव असई वा जवान कसको हो भन्ने भन्ने पत्ता लागिसकेको छैन। प्रहरीले अहिले शव निकाल्ने तयारी गरिरहेको छ । दुईमध्ये एउको शव भेटिए पनि एक जना भने अझै बेपत्ता छन् ।