कोरोनाको परिक्षणदेखि उपचार खर्च समेत नागरिक आफैले बेहोर्नुपर्ने, मन्त्रालय संक्रमित गन्ने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २, आईतबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कार्तिक २, काठमाण्डौ । कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने भएको हो । अरू नागरिकहरूले आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्नेछ । तर विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । यसअघि सरकारले कोरोना संक्रमितको निस्शुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो ।

आजैदेखि लागू हुने गरी स्वास्थ्य मन्त्रालयले अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतको उपचारमा पनि यदी कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने निर्णय गरेको छ । डाक्टर गौतमका अनुसार अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिकै आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस