नारायणगढ–मुग्लिन सडक : चार किलोमा ठूलो पहिरो, बाटो दिनभर अवरुद्ध हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २६, मंगलबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चार किलो भन्ने ठाउँमा ठूलो पहिरो जाँदा बाटो सोमबार रातिदेखि नै अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनालले बताए ।

चार किलोमा राति १ बजेतिर पहिरो गएको हो । पहिरो ठूलो रहेको र पानी परिरहेकाले पन्छाउन समस्या भइरहेको छ । पहिरो पन्छाउने काम सुरु भएको तर बाटो खुलाउन भने कम्तिमा दिउँसो तीन बजेसम्म लाग्ने देखिएको छ ।

सोमबार दिनभरजसो ठूलो पानी परेको तथा घुमाउनेमा पहिरो जाँदा केहीबेर बाटो अवरुद्ध भएको थियो । तर राति चार किलोमा गएको पहिरो ठूलो भएकाले पन्छाउने समय लाग्ने देखिएको हो । यो बाटो भएर चल्ने गाडीलाई मंगलबारका लागि सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस