दोहोरो अंकले बढ्यो शेयरबजार: आज कसले गुमाए ? कसले कमाए ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ कार्तिक ३, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

कातिक ३,काठमाडौँ । लगातार ओरालो लागेको सेयर बजारमा सोमबार भने चमक देखिएको छ । खरिदबिक्री रकम तुलनात्मक रुपमा न्यून रहे पनि सूचकले भने दोहोरो अंकले बढेको छ ।

नेप्से सूचक १३.५८ अंकले बढेर १५७०.३८ विन्दुमा आइपुगेको छ । १८९ कम्पनीको ९७ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३३ लाख ५३ हजार २०१ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

व्यापारिक बाहेक कारोबार भएका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ९९.५२ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि ७.६७ अंकले माथि लागेको छ ।

जनरल इन्सुरेन्स, युनियन हाइड्रोपावर लिमिटेड, घलेम्दी हाइड्रोपावर, अपि पावरको भाउ करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गणपति माइक्रोफाइनान्सको भाउ १.९१ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै अपि पावरको ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा अरुण काबेली परेको छ । यसको ३ करोड ५२ लाख रुपैयाँभन्दा बढीको खरिदबिक्री भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस