सरकारको नीति तथा कार्यक्रम : प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १३, आईतबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको आज संसदमा जवाफ दिने भएका छन ।

प्रधानमन्त्री ओलीले जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रममा छलफलमा सहभागि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन ।

जवाफका लागि प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बोलाइएको छ । छलफलका क्रममा सत्तापक्षका सांसदहरुले नीति कार्यक्रमको समर्थन गर्दै कतिपय विषय थप गर्न सुझाव दिएका छन् । प्रतिपक्षी दलका सांसदहरुले भने सरकारले पेश गरेको कार्यक्रमको प्राथमिकतामाथि नै प्रश्न उठाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस