बुटवलमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु

कार्तिक ५, काठमाडौ । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कोभिड १९ संक्रमणका कारण दुई जना पुरुषको मृत्यु भएको छ । उपमहानगरको वडा ११ र वडा १७ का एक एक जनाको मृत्यु भएको हो । वडा १७ निवासी ८१ वर्षीया पुरुषको असोज २७ गते कोभिड १९ पोजेटिभ देखिई लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा भर्ना भएका भएका थिए । बुधवार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मधुमेह र प्रेसरका रोगी रहेका थिए । जरो र श्वासप्रश्वासमा समस्या देखिएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी वडा ११ का एक ४७ वर्षका पुरुषको पनि कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । असोज २४ गते संक्रमण पुष्टि भई सघन उपचार कक्षमा भर्ना भएका उनको बुधवार बिहान १ः १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply