गायक हेम श्रेष्ठ र प्रमिला लामा वाइबा को “डाँडैको चौतारी” सार्बजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ कार्तिक ५, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाण्डौ । महेन्द्र अधिकारी ललितपुर, कार्तिक ३ सोमबार । लोक दोहोरी गायक हेम श्रेष्ठ र प्रमिला लामा वाइबा को “डाँडैको चौतारी” बोलको गीत बजारमा सार्बजनिक भएको छ । गीतमा गायिका प्रमिला लामा वाइबा र हेम श्रेष्ठ को स्वर रहेको छ भने पार्शव स्वरमा गोमा श्रेष्ठ, प्रमिला मगर, दिनेश श्रेष्ठ र कृष्ण लामिछाने ले साथ दिएका छन् । मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेर्कड गरएिको गीतमा शब्द भने गायिका प्रमिला लामा वाइबा रहेको छ भने संगीत गायक हेम श्रेष्ठ रहेको छ ।

यस गितमा राजेश बर्देवा को एरेन्ज रहेको छ । “डाँडैको चौतारी” गीतले नुवाकोटको पर्यटन क्षेत्रलाई बढि समावेश गरेको छ । यस गीतले नुवाकोट लाई मात्र नभई धादिङ्ग लाई पनि केही सहयोग गरेको छ । समिर ठोकर को निर्देशन, छायांकन सुमन तामाङ्ग ले गरको उक्त गीतको म्युजिक भिडियोमा अयुशा कार्की र रुपेश यौजन को अभिनय देख्न सकिन्छ । उक्त गीतलाई कृष्ण लामिछाने ले मिक्सिङ गरेका हुन् । गीतको भिडियोलाई हामी सबैको युट्युब अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

https://youtu.be/h_jzbwl_oBg

ताजा अपडेट

खोजी गर्नुहोस