तीन डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, १ नम्बरमा कार्की, नेउपाने अटाएनन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २७, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

२७,काठमाडौँ । नेपाल प्रहरीका ३ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा पुष्कर कार्की, दोस्रोमा ठूले राई र तेस्रोमा धिरु बस्नेतलाई बढुवा गर्न सिफारिस गरेको हो ।

कार्की हाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, राई लागूऔषध नियन्त्रण ब्यूरो र बस्नेत सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत् छन् ।

वरियता क्रममा दोस्रो नम्बरमा चर्चा गरिएका डिआईजी मनोज नेउपाने भने एआईजी बढुवामा अटाएनन् । हाल उनी महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख रहेका छन् ।

उनीहरुले १० माघ २०४६ बाट प्रहरी सेवा सुरु गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस