भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख गोयल काठमाडौँमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ५, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कातिक ५,काठमाडौँ । भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख समन्तकुमार गोयल बुधबार काठमाण्डौ आएका छन् ।

‘रअ’ का प्रमुख गोयल बुधबार दिउँसो विशेष विमानमार्फत काठमाण्डौ आएका हुन् । उनले केही घण्टा यहाँ रहँदा राजनीतिक भेटघाट गर्ने जनाइए पनि कुन–कुन नेतासँग भेट गर्ने भन्नेबारेमा खुलाइएको छैन ।

भारतका सेनाध्यक्ष एमएम नरभाने नेपाल भ्रमणमा आउनुअघि जासुसी संस्थाका प्रमुख नेपाल आउनुलाई निकै महत्त्वका साथ हेरिएको छ ।

‘रअ’ का प्रमुख गोयल बुधबार बेलुकी नै फर्किने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस