पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफकी पत्नी कुलसुमको निधन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ भाद्र २७, बुधबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र २७,काठमाडौँ । पाकिस्तानको इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजकोे उपचारका क्रममा मङ्गलबार लण्डनमा मृत्यु भएको छ । उहाँ ६८ वर्षकी थिईन ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफकी धर्मपत्नी कुलसुमको मृत्युको खबरलाई शरीफको दल सम्बद्ध स्रोतले पुष्टि गरेको छ ।

कुलसुमका पति तथा पूर्व पाकिस्तानी प्रधानमन्त्री भने पदीय मर्यादाविपरीत आर्थिक अपचलनसम्बन्धी मुद्दामा आरोपित बनेपछि सुनुवाइका लागि पाकिस्तानी जेलमा बन्दी रहेका छन ।

कुलसुमलाई क्यान्सरका चार प्रमुख समस्यामध्ये एक लिम्फोमा नामक समस्याका कारण गएको वर्षको अगस्तदेखि लण्डनस्थित एक अस्पतालमा उपचार गराउँदै आएका थिए ।

‘बेगम कुलसुम नवाजको मृत्यु लण्डनको एक निजी अस्पतालमा उपचारका क्रममा मङ्गलबार भएको छ’, पाकिस्तानी मुस्लिम लिग–नवाजका प्रवक्ता मार्याम अरुन्जेबले बताए ।

उनको स्वास्थ्य स्थितिमा जटिलता आएपछि मङ्लबार बिहानैदेखि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

कुलसुमलाई उपचार गराइरहेका नवाज शरीफलाई पाकिस्तानी अदालतमा सुनुवाइका लागि चुनावको केही पहिले गएको जुलाई १५ मा बोलाइएको थियो । पाकिस्तान आएलगत्तै शरीफकी छोरी र उनलाई पक्राउ गरी जेलमा राखिँदै आएको छ ।

कुलसुमको अन्त्येष्टि र काजक्रियामा सहभागी हुन नवाज शरीफ र उनकी छोरी मरियमलाई रिहा गरिने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस