नाइजेरियामा आन्दोलन, दुई हप्तामा ५० बढीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ कार्तिक ६, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ६, काठमाण्डौ । नाइजेरियामा प्रहरी दमनविरुद्ध आन्दोलनरत् प्रदर्शनकारीहरुमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर करिब १२ जनाको कृत्यु भएको दाबी एमनेस्टीले गरेको एपीले उल्लेख गरेको छ । प्रहरीले गरेको व्यापक दमनको विरोधमा दुई ठूला स्थानमा हजारौंको संख्यामा मानिसहरु भेला भएका थिए । त्यही क्रममा प्रहरीले गोली चलाएको थियो । दुई हप्तादेखि चल्दै आएको आन्दोलनका क्रममा हालसम्म ५६ जनाको मृत्यु भइसकेको छ । मंगलवारमात्रै ३८ जनाको मृत्यु भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस