पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

कार्तिक ६, पोखरा । पोखरामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १२ का ६७ वर्षीय पुरुष रहेका छन् । उनको कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि घरमै बसेका ती पुरुषको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । यसअघि पनि गण्डकी शिक्षण अस्पतालमा तनहुँ दमौलीकी ६८ वर्षीया महिलाको मृत्यु भएको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply