नेपालमा आज ३६ सय ३७ जनामा देखियो कोरोना, १५ हजारबढीको पिसिआर परिक्षण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ६, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ६, काठमाडौं । नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । देशभरका प्रयोग शालामा गरी पछिल्लो २४ घण्टामा १५ हजार २ सय ५५ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

हालसम्म संक्रमण देखिएकामध्ये १ लाख २ हजार ८ सय २० जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार २ सय १५ जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट ८ सय १२ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस