फिफा वरीयतामा नेपाल १ सय ७० औं स्थानमा यथावत्

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक ६, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ६, कार्तिक । विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । कोरोना भाईरसका कारण गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प रहेको अवस्थामो अन्तर्राष्ट्रिय खेल खेलेको कारण पनि नेपालको वरियता यथावत रहेको हो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छन् । एक स्थान घटेको भारत १ सय ८ औं स्थानमा रहेको छ । यस्तै माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १ सय ८९ औं, बंगलादेश १ सय ८७ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस