‘घरको सुरक्षामा शंका लागे प्रहरीलाई खबर गर्नुस्’ : प्रहरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ७, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

 

कार्तिक ७, काठमाण्डौ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका छन् । ‘घर वा डेरामा बहुमूल्य सामान नराख्नुस्, घर वा डेराको सुरक्षामा शंका लागे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर जानुस्,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेललेभने । प्रहरीले दसैं लगायतका चाडलाई लक्षित गरी सुरक्षा योजना समेत लागु गरिसकेको छ । दसैंसहितका चाडमा हुन सक्ने सम्भावित घटना रोक्न र सुरक्षाका लागि भन्दै देशभर ४८ हजार ८ सय ३० जना प्रहरी जनशक्ति परिचालनसमेत गरिएको हो ।

प्रहरीले उपत्यकालाई एक प्रदेश मानेर अन्य सात वटा प्रदेशका लागि खटिने जनशक्ति, संयुक्त चेकिङ र यात्रु सहायता कक्षसमेत राखेको छ । उपत्यकामा मात्रै ७ हजार ५ सय ५० जना प्रहरी परिचालन गरिएको छ । यस्तै सादा पोसाक, मोबाइल गस्ती, मोटरसाइकल गस्तीसमेत बढइएको छ । उपत्यकामा ५४ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ हुनेछ । यस्तै २९ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।

प्रदेश १ मा ७ हजार ९ सय २२ जना प्रहरी खटाइएको छ । प्रदेश २ मा ७ हजार ३ सय १० जना, बाग्मती प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बाहेक ४ हजार १ सय ५३ जना प्रहरी खटाइएको छ । यसैगरी, गण्डकी प्रदेशमा ५ हजार ३ सय ३ जना, लुम्बिनी प्रदेशमा ७ हजार ८ सय २५ जना, कर्णाली प्रदेशमा ३ हजार ७ सय १७ जना र सुदूरपश्चिममा ५ हजार ५० प्रहरी परिचालन गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस