आईपीएलमा हैदराबादले चौथो पटक जित्यो, राजस्थान ८ विकेटले पराजित !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक ७, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ७, काठमाण्डौ । आईपीएलमा क्रिकेटमा सनराइजर्स हैदराबादले चौथो जित हात पारेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत दुबईमा बिहीबार राति भएको खेलमा मनिस पाण्डे र विजय शंकरको उत्कृष्ट प्रदर्शनमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो ।

जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको पाँचौँ स्थानमा समेत उक्लिएको छ । राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस