यस्पालीको तोरी र गहुँका लागि पनि रासायनिक मल अभाव हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ कार्तिक ७, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ७, काठमाडौं । धान रोप्ने सिजनमा पर्याप्त मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेको अवस्थामा भएको मलको भण्डार पनि रित्तिन लागेको छ । बंगलादेश सरकारसँग सापटी मागेको ५० हजार मेट्रिकटन युरिया मल आयातमा समेत ढिलाइ भएको छ ।

किसानहरू धानबाली भिœयाएर खेतमा तोरी र गहुँ छर्ने तयारीमा रहेका बेला सरकारका मल गोदामहरूमा भने मलको मौज्दात निकै कम मात्रामा रहेको छ । नेपालमा तोरी र गहुँको सिजनमा मात्रै करीब १ लाख १० हजार मेट्रिकटन रासायनिक मलको माग हुने गर्छ ।

तर, सरकारी अनुदानको मल विक्री वितरणको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनसँग यति बेला माग परिमाणको तुलनामा निकै न्यून मात्र मल मौज्दात रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस