प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ७, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ७, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज ४ बजेर २५ मिनेटमा देशवासीको नाममा सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ४ बजेर २५ मिनेटमा प्रधानमन्त्रीको सम्बोधन हुने जानकारी दिए । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट हुने उनले बताए ।

प्रधानमन्त्री ओलीले दसैंको अवसरमार शुभकामना दिने र समसामयिक विषयमा आफ्ना धारणा राख्ने बताइएको छ । कोरोना संक्रमणबारे र पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीले आफ्ना धारणा राख्ने सम्भावना रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस