देशभर २४ घण्टामा ४ हजार ४९९ कोरोना संक्रमित थपिए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ७, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ७, काठमाण्डौ । देशभर कोरोना भाइरसका थप ४ हजार ४९९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरूमा १६ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ४९९ जना संक्रमित थपिएका हुन् । आजसम्म १३ लाख ६७ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ६९६ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख ५ हजार ४८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ९ प्रतिशत रहेको छ । देशभरका संस्थागत आइसोलेसन १४ हजार ९७२ जना र होम आइसोलेसनमा ३१ हजार ७२७ जना रहेका छन् । देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस