विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ११ लाख नजिक,तीन करोड १४ लाखबढी मुक्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ८, शनिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कार्तिक ८, काठमाण्डौ । विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ लाख ४८ हजार ६९८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५२६ संक्रमितको मृत्यु भएको छ । वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड १४ लाख १६ हजार ५९९ जना संक्रमणमुक्त भएका छन् । यस्तै विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या चार करोड २४ लाख ६२ हजार ९१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा चार लाख ८९ हजार ६१७ संक्रमित थपिएका हुन् । विश्वमा सक्रिय संक्रमितको संख्या ९८ लाख ९७ हजार ६१५ छ। त्यसमध्ये ७६ हजार ३४४ जना गम्भीर अवस्थाका छन् । सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८७ लाख ४६ हजार ८८६ पुगेको छ । भारतमा संक्रमितको संख्या ७८ लाख १३ हजार ६६८ पुगेको छ भने ब्राजिलमा ५३ लाख ५५ हजार ६५० छ ।

ताजा अपडेट

खोजी गर्नुहोस