दशैंको टीका लगाउने क्रम आज पनि जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ११, मंगलबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कार्तिक ११, काठमाण्डौ । विजया दशमीको भोलिपल्ट आज एकादशी । देशका पूर्वी तथा मध्यभागमा दशैंको टीका लगाउने क्रम आज पनि जारी छ । यी भागमा कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने गरिन्छ । पश्चिमी भेगमा भने विजयादशमीको दिनमात्र टीकाटाला चल्छ ।
काठमाडौं उपत्यका, यसका आसपासका जिल्ला र पूर्वतिर दशैं पूर्णिमाको दिन मात्रै सकिन्छ । टाढा रहेका आपन्तहरूको हातबाट टीका लगाउन उनीहरूको घरमा जाने क्रममा पूर्णिमाको दिनसम्मै जारी रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस