रुसमा एकैदिन थपिए १७ हजार बढी कोरोना संक्रमित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ कार्तिक ११, मंगलबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

कार्तिक ११, काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ११ लाख ६० हजार ५४२ जनाको मृत्यु भएको छ भने ४ करोड ३४ लाख ४६ हजार ५१२ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड १९ लाख ५८ हजार ७५ जना संक्रमण मुक्त भएका छन् भने ७७ हजार ९०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच रुसमा आज थप १७ हजार ३४७ जनालाई संक्रमण भएको छ भने २१९ जनाको मृत्यु भएको छ । त्यहाँ २६ हजार २६९ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ३१ हजार २२४ जनालाई संक्रमण भएको छ । रुसमा ११ लाख ४६ हजार ९६ जना संक्रमण मुक्त भएका छन् भने ३ लाख ५८ हजार ८५९ जना उपचाररत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस