‘समृद्धिको अभियानमा युवाहरुको उपस्थिति अनिवार्य ‘: रमेश पौडेल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ जेष्ठ १३, आईतबार (६ साल अघि)
  • ४५ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले समृद्धिको अभियानमा युवाहरुको उपस्थिति अनिवार्य रहेको बताएका छन् ।

यही जेठ ८ देखी ११ गतेसम्म राजधानीमा सम्पन्न विश्व प्रजातान्त्रिक युवा संगठनले जारी गरेको घोषणापत्र सार्वजनिक गर्नको लागि रिपोर्टर्स क्लब नेपालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले यस्तो बताएका हुन ।

पौडेलले महँगी नियन्त्रण, भ्रष्टाचारको अन्त्य, सुशासन कायम, समृद्धिको बाटोमा मुलुकलाई लैजानेजस्ता कुराहरुमा युवाहरुको महत्वपूर्ण आवश्यकता रहेको बताए ।

उनले भने, ‘हामी विश्व साम्राज्यवादीको विरुद्धमा उभिएका छौं, विश्वका धेरै देशहरुमा हिंसा चलिरहेको छ, त्यहाँका जनताहरुले शान्ति चाहिरहेका छन्, अत्यचारको अन्त्य खोजिरहेका छन् तर त्यहाँको सरकार र विभिन्न संगठनहरुले दबाईरहेका छन्, हाम्रै देशमा पनि महिला हिंसा र विभेदका घटनाहरु घटिरहेका छन्, महंगी बढिरहेको छ, यसका बारेमा हामी गम्भिर छौं, अबका केही दिनमै हामीहरु मुलुकलाई समृद्ध बनाउने र समाजको उत्थानको लागि मैदानमा परिणाम देखिनेगरि आउनेछौं ।’

नेविसंघले शुक्रबार राजधानीमा निकालेको बिरोध जुलुसलाई इंगित गर्दै अध्यक्ष पौडेलले भने, ‘समृद्धिको लागि अघि बढ्नुहोस्, दुई तिहाई सरकारलाई काम गर्न दिनुहोस्, कालो कपडा लगाएर सडकमा सुतेर समृद्धि आउँदैन, काम गर्नुपर्छ ।’

विश्व प्रजातान्त्रिक यूवा संठनको भेलामा विश्वका ४२ देशबाट यूवा नेताहरुको उपस्थिति रहेको थियो । उक्त भेलाले १४ बुँदे महत्वपूर्ण घोषणापत्र जारी गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस