आजको मौसम सामान्यतया सफा रहने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ कार्तिक १२, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

कार्तिक १२, काठमाण्डौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन । अहिले प्रदेश १ र बाग्मती प्रदेशका केहि भू भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज राती देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस