भारतमा कोरोनाले १ लाख २० हजारभन्दा धेरैको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ कार्तिक १२, बुधबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कार्तिक १२, काठमाण्डौ । भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ५१९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४२ हजार ९६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ८८ हजार ८५३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७२ लाख ५७ हजार १९४ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ११ हजार ६०५ जनाको उपचार भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस