बारामा गोली चल्यो !

कार्तिक १३, बारा । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीका सामान ल्याएकाहरुसँग झडप हुँदा तीन प्रहरी र एक बालकसहित चार जना घाइते भएका छन् । भएका छन् ।

प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैयामै उपचार भइरहेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते भएको जानकारी दिए ।

स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्याज ओसारेका थिए । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा लुकिछिपी प्याज ओसार्ने र बिक्री गर्ने क्रम चलिरहेको थियो । बुधबार राति प्याज ल्याएर आएकाहरुलाई सीमा क्षेत्र नजिकै रहेको नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लियो । त्यसपछि थप स्थानीयसमेत आएर प्रहरीहरुमाथि आक्रमण गरी प्याज लगेर गएको प्रहरी उपरीक्षक पंगेनीले बताए ।

संम्बन्धित समचार

Leave a Reply