तपाईको आजको दिन कस्तो छ ?

Post Thumbnail

आजको राशिफल

मेषः आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नया“ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।

वृषः आज मनमा विना कामका चिन्ताले सताउनेछन् । आँपूm अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।

मिथुनः आज लाभका मौकाहरू उपयोग गर्न सके राम्रा छन् । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । घरमा नयाँ सामानहरू किन्ने र घर सजाउनेमा विशेष चाहना हुने देखिन्छ । मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।

कर्कटः आज समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । आँखामा एक्कासी खराबी आउन सक्नेछ । आ“टेका कामहरूमा असफलता, सोचेजतिका सबै कामहरूमा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ ।

सिंहः आज स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।

कन्याः आज स्वास्थ्यमा खास कुनै गड्वडी देखिनेछैन । तर आँटेका सोचेका कामहरूमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ । सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन्, तर संघर्ष भने खूब गर्नुपर्नेछ । पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम लाभ लिन सकिनेछ । समग्रमा आजको समय मध्यम रहनेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।

तुलाः आज स्वास्थ्यमा त्यति खरावी रहनेछैन । इज्जत, प्रतिष्ठा बढ्ने ठाउ“मा उपस्थित र सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ । आज  विशेष कार्यक्रममा भाग लिने स्थिति आउला भन्न सकिन्छ । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ । समग्रमा आजको समय पनि शुभ रहनेछ । भरपूर उपयोग गर्नुहोला ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।

वृश्चिकः आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनैपनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै व्यापारी महानुभावहरुले भगवान विष्णु मन्दिरमा तुलसी रोपेर यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

धनुः आज पनि एक्कासी रोग लाग्ने, खाना नपच्ने, कुनै व्यक्तिसंग झगडा पर्ने, जताबाट पनि नोक्सान मात्रै पर्नेछ । सरकारी कर्मचारीबाट असहयोग, छोराछोरीसँग विवाद हुनेछ । मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन । एक्कासी पेट दुख्ने ग्याष्ट्रिक, शूल, वायुले स्वास्थ्यलाई असर गर्न सक्नेछ । आज खाने पिउने मामलामा पनि दुःख पाइने देखिन्छ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता मिल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

मकरः आज आफ्नै ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ । मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, शोक पर्ने समाचारसमेत सुन्नुपर्नेछ । सतर्क रही कार्य गर्नुहोला । टाढाको यात्रामा जानु पनि ठीक छैन ।

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ ।

कुम्भः आज आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ । आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ, ज्यादै सतर्क हुनु आवश्यक छ । अढैया शनिको प्रभावले केही काम भने विग्रने सम्भावना रहनेछ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।

मीनः आज समय अत्यन्तै खराम छ । आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन । त्यसकारण तपार्इंको मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य ज्यादै संवेदनशील रहने देखिन्छ अर्थात आज स्वास्थ्य त्यति भरोसाको रहनेछैन । खानामा गडबडी, कसैले मनमा दुःख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

साइतः चन्द्रमा मीन राशिमा छन् त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस