नेपालमा बिहीबार २ हजार ३६४ जनामा कोरोना सङ्क्रमण, ३ हजार बढी घर फर्किए !

कार्तिक १४, काठमाण्डौ । नेपालमा कोभिड–१९ कोरोना भाइरस का सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार दुई हजार तीन सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै गएको २४ घण्टामा तीन हजार ३८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २४ हजार आठ सय ६२ पुगेको छ ।

अब नेपालमा ३८ हजार नौ सय ५२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार ६ सय ८९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ सय चार पुगेको मन्त्रालयले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply