सांसदको विवादित लोगो सचिवालयले सुधार्यो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक १४, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १४, काठमाडौ । संघीय संसद सचिवालयले विवादित लोगो सच्याएको छ । सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा अंकित लोगोलाई खिचेर नयाँ लोगो दिन थालेपछि विवादमा तानिएको थियो ।

लोगोमा अंकित नेपालको नक्सा हचुवाका भरमा बनाएको भन्दै सांसदहरुले नै फिर्ता गरेपछि सचिवालयले सबै लोगोलाई परिमार्जन गर्दै नयाँ बनाउन दिएको थियो । लिपुलेकसहितको दुरुस्त नक्सा राखेर सचिवालयले बनाएको नयाँ लोगो वितरण सुरु गरेको सचिवालयले जनाएको छ । टेकवीर मुखियाले डिजाइन गरेको लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस