व्यवसायीहरु भन्छन्-‘तिहारमा स्वदेशी फूलले नै बजारको माग धान्छ’

कार्तिक १४, काठमाडौ । यसवर्ष तिहार अगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले मागअनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ । तर व्यवसायीहरुले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्ने बताएका छन् । अधिकमासका कारण यस वर्षको तिहार झण्डै एक महिना पछाडि धकेलिएको छ । त्यसैले यसपटक तिहारमा फूलको बजार प्रभावित हुने अनुमान गरिएको छ । किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समयभन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आकलन गरिएको हो ।

तर पुष्प व्यवसायीहरु भने क्यालेन्डरको आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यस वर्षको मागलाई सहजै धान्ने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले अधिकमासका कारण यसपटकको तिहार २०र२२ दिन पछाडि धकेलिए पनि फुलको बजारलाई कुनै असर नपर्ने बताए । घरेलु किसानले उत्पादन गरेको फूल तिहार अगाडि नै सुकेर जाने भए पनि व्यावसायिक रुपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकोले तिहारको मागलाई सजिलै धान्ने उनले बताए ।

संम्बन्धित समचार

Leave a Reply