स्याङ्जामा कोरोना संक्रमित वृद्धको मृत्यु

कार्तिक १४, काठमाडौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा। अर्जुन आचार्यका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–५ का ७० वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार बिहान ८ः३५ बजे मृत्यु भएको हो ।
कोभिड उपचार केन्द्रमा कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई आईसीयू कक्षमा राखेर उपचार थालिए पनि बचाउन नसकिएको डा। आचार्यले बताए । अस्पतालका अनुसार वृद्ध निमोनिया लगायतका अन्य रोगबाट पनि ग्रसित थिए ।

संम्बन्धित समचार

Leave a Reply