म्याग्दीको सदरमुकाम बेनीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक १४, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १४, काठमाडौ । म्याग्दीको सदरमुकाम बेनी आउँदै गरेको जीप दुर्घटना भएको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकी अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जीप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो । दुर्घटनामा घाइते भएकाहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस